About Us
–Providing one of the best service , join us for your dream home

Chandra Lama Anurag
Founder

Designing Beautiful, Eco-friendly and Green Structures Around the City!
Make your home in minimal prices
Building houses with AAC(Autoclaved aerated concrete) making your home Earthquake Proof, Fire Proof , Water Proof and Sound Proof.
To know
कोरियन घर निर्माण प्रा.लि. बाट कोरियन प्रबिधी अन्तरगत आर सि सि (RCC BULDING) आईरन स्टकचर/ प्रीफ्याब घरहरुको निर्माण water proof, sound proof, fire proof, earthquake resistant सस्तो राम्रो भरपर्दो तरिकाले एएसि ब्लक मार्फत नेपाल अधिराज्यभरी निर्माण कार्य हुने हजुर हरु समक्ष जानकारी गरादछौ।
के तपाईं घर बनाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने माटोको रातो इँटाभन्दा अटोक्लेभ्ड एरेटेड कंक्रिट (एएसी) ब्लकबाट घर बनाउँदा सस्तो पर्दछ ! नयाँ प्रविधिमा आधारित एएसी ब्लक बलियो र भूकम्प प्रतिरोधी पनि हुन्छ ।
परम्परागत इट्टाभन्दा हलुका र सस्तो पनि पर्ने नयाँ प्रबिधिमा आधारित यो इट्टा यतिबेला नेपालमा निकै लोकप्रिय हुँदै गएको छ । चार–पाँच बर्षअघि मात्र नेपालमा भित्रिएको यो प्रबिधि भूकम्पपछि निकै लोकप्रिय बनेको हो । उपभोक्ताको आकर्षण सँगै यतिबेला नेपालमा एएसी ब्लक उद्योगको संख्या पनि थपिदै गएको छ ।
चार कोठा भएको एक तले घर बनाउँदा करीव १२ हजार माटोको इँटा खपत हुन्छ । अहिले रातो इँटाको मूल्य प्रतिगोटा साढे १५ रुपैयाँ पर्छ । एक तला घरलाई इँटा किन्दा एक लाख ८५ हजार रुपैयाँ खर्च गर्नुपर्छ ।
चार इन्च मोटाईको एउटा एएसी ब्लक ९ वटा इँटा बरारबर हुन्छ । एउटा ब्लकको मूल्य एक सय १८ रुपैयाँ पर्छ । यसको मतलब, एक तला घरलाई वाल लगाउन एएसी ब्लक किन्दा एक लाख ५७ हजार मात्रखर्च हुन्छ । इँटाको सट्टामा एएसी ब्लक प्रयोग गरेमा करीव २८ हजार रुपैयाँ अर्थात १५ प्रतिशत रकम बचत भयो । ९ वटा इँटा र एउटा एएसी ब्लकको मूल्यमा करीव २१ रुपैयाँको फरक पर्न आउँछ ।
आधुनिक प्रविधिबाट तयार पारिएको एएसी ब्लक गुणस्तरीय पनि हुन्छ । नौवटा इँटा जडान गर्नुपर्ने ठाउँमा एउटै एएसी ब्लक राख्दा हुने भएपछि वाल लगाउँदा लेबर कस्ट पनि कम लाग्ने भयो । र, ब्लक जडान गर्न सिमेन्ट र बालुवाको मिश्रण (मसला) पनि कम लाग्छ । इँटाबाट १० दिनमा निर्माण हुने भित्तो ब्लकबाट ५/६ दिनमै निर्माण सम्पन्न हुन्छ ।
एएसी ब्लक चारै कुना मिलेको एउटै साइजको हुन्छ । एएसी ब्लकको भित्तो प्लास्टर गर्नु पनि पर्दैन । सिधै पुटिङ लगाएर कलर लगाउन सकिन्छ । इँटाको वाल लगाउँदै धेरै मसला खपत हुन्छ, गाह्रोमा पनि प्लास्टर गर्नुपर्ने हुन्छ । एएसी ब्लकबाट वाल लगाउँदा झन्डै झन्डै आधाआधी सिमेन्ट र बालुवाको खपत कम हुन्छ ।
एएसी ब्लक उत्पादन कम्पनीहरुको दाबी छ, ‘इँटाको सट्टामा एएसी ब्लक प्रयोग गर्दा समग्रमा ३० प्रतिशत रकम बचत हुन्छ ।’
यदि तपाईं घर बनाउँदै हुनुहुन्छ भने निर्माण सामाग्रीहरुको बारेमा पक्कै बुझ्नुभएको होला । जीवनभर बसोबास गर्ने घर बनाउँदा निर्माण सामाग्रीको गुणस्तरमा सम्झौता गर्ने कुरै भएन । सबैको चाहाना यो हुन्छ कि सस्तो मूल्यमा गुणस्तरीय सामाग्रीहरु पाइए हुन्थ्यो ।
तपाईंको यो चाहाना पनि विज्ञान र प्रविधिको विकासले सम्भव बनाउँदै छ । विश्वभरी परम्परागत निर्माण सामाग्रीको विकल्पमा आधुनिक र किफायती निर्माण सामाग्री प्रयोगमा आउन थालेको छ ।
आधुनिक विश्वको लय पछ्याउादै नेपालमा पनि आधुनिक निर्माण सामाग्रीको प्रयोग बढ्न थालेको निर्माण व्यवसायी बताउँछन् ।

आरसीसी प्रविधिको विकल्पमा स्टिलका संरचनाहरु बन्दैछन् । झ्याल ढोका पनि आल्मुनियम र सिसाको प्रयोग गर्न थालिएको छ । वाल बनाउन पनि प्रि–फ्याब र एएसी ब्लकको प्रयोग बढ्दैछ ।
युरोप, अमेरिका, अष्ट्रेलिया, छिमेकी मुलुक भारत, चीन लगायत विकसित मुलुकहरुमा व्यापक प्रचलित नयाँ प्रविधिमा आधारित एएसी ब्लक नेपालमा पनि प्रयोगमा आउन थालिसकेको छ । यो घर बनाउन प्रयोग हुने परम्परागत इँटाको विकल्प हो ।
एएसी ब्लक नयाँ प्रविधिमा आधारित निर्माण सामाग्री हो जुन इँटा, ढुंगा वा कंक्रिटको ब्लकको सट्टामा वाल लगाउन प्रयोग गरिन्छ । बास्तवमा, एएसी ब्लक माटोबाट बनेको इँटाको विकल्प हो । एएसी ब्लक माटोको इँटाभन्दा निकै हलुका हुन्छ र मूल्य पनि कम पर्न आउँछ ।
४ इन्चको एएसी ब्लकको मूल्य भ्याटसहित ११८ रुपैयाँ पर्न आउँछ । माटोको ९ वटा इँटाको मूल्य भन्दा एउटा एएसी ब्लकको मूल्य २१ रुपैयाँ सस्तो पर्छ ।
६ इञ्च मोटाईको एएसी ब्लक १३ वटा राटो इँटा बराबर हुन्छ । ८ इन्च मोटाईको एएसी ब्लक १८ वटा रातो इँटा बराबर हुन्छ । ६ इञ्चको एएसी ब्लकको मूल्य भ्याटसहित १७८ र ८ इन्चको ब्लकको भ्याटसहित २३६ रुपैयाँ पर्न आउँछ ।
माटोको इँटा र कंक्रिटको ब्लकभन्दा निकै हलुका हुने हुँदा एएसी ब्लकबाट निर्मित भवन वा पर्खालहरु भूकम्पीय कम्पनमा बढी सुरक्षित हुन्छन् ।
सस्तो, बलियो र गुणस्तीय निर्माण सामाग्री भएकै कारण एएसी ब्लक विकसित मुलकमा पनि लोकप्रिय बनेको उत्पादन कम्पनी दाबी गर्छन् । सस्तो मूल्य, हलुका, बलियो, निर्माण प्रकृया छिटो छरितो, वातावरणमैत्री, बाह्रै महिना उत्पादन गर्न सकिने लगायत दर्जन विशेषता एएसी ब्लकका छन् ।
एउटा ४ इन्च मोटाईको ब्लक नौवटा इँटा बराबर हुन्छ । एएसी ब्लकको प्रयोगले लेबर कस्ट पनि जोगिने कम्पनीहरुको दाबी छ । एएसी ब्लकको जडान खर्च कम हुनुका साथै प्लास्टर पनि गर्नु नपर्ने हुँदा सिमेन्ट र बालुवाको बचत हुन्छ, एएसी ब्लककको वालमा सिधै पुटिङ र कलर लगाउन सकिन्छ ।
माटोको इँटाको तुलनामा एएसी ब्लक टुटफुट हुने सम्भवना पनि निकै कम हुन्छ । मानौं कि, माटोको इँटा १०÷१५ प्रतिशत टुटफुट भयो भने एएसी ब्लक २/३ प्रतिशतमात्र टुटफुट हुने कम्पनीहरुको दाबी छ । एएसी ब्लकको क्वालिटी एकनासको हुन्छ जबकी माटोको इँटाको क्वालिटी एकनासको नहुन सक्छ ।
एएसी ब्लक कसरी बन्छ ?
एएसी ब्लक पुर्ण रुपमा प्राकृतिक सामाग्रीहरुको मिश्रणबाट उच्च प्रविधि प्रयोग गरी बनाइने हुँदा वातावरणमैत्री हुन्छन् । ब्लक बनाउँदा झन्डै ९५ प्रतिशत स्वदेशी कच्चा पदार्थको प्रयोग हुन्छ ।
एएसी ब्लकमा माटोको प्रयोग हुँदैन । यो ब्लक बालुवा, सिमेन्ट, चुना र जिप्सम सँग पानीको मिश्रण गरी एरिएटेड प्रविधिबाट पुर्णस्वचालित अटोक्लेभ्ड मेशिनबाट निर्माण गरिन्छ ।
एएसी ब्लकका १० विशेषताहरु
१. हलुका वजन : एएसी ब्लक ब्लकहरु चलन चल्तिका माटोको इँटा वा सिमेन्ट ब्लक भन्दा झण्डै ३ गुणा हलुका हुने हुँदा ढुवानीमा खर्च कम गर्नुका साथै निर्माण पश्चातको जोखिम न्युनिकरण गर्दछ ।
२. भुकम्प प्रतिरोधक : एएसी ब्लकको तौल हलुका हुन्छ । त्यसमाथि बलियो पनि हुने हुनाले निर्माण गरिने भवन तथा पर्खालहरु टिकाउ हुन्छन् ।
३. थर्मल इन्सुलेसन : एएसी ब्लकहरु उच्च सेलुलर हुने हुँदा विशिष्ट ताप इन्सुलेसन कायम गर्दछ । एएसी ब्लकले बनेको आवासहरुमा स्तरिय कम्फर्ट हुनुको साथै हिटिङ र कुलिङ खर्च समेत वचत गराउँदछ ।
४. ध्वनी प्रतिरोधक : अरु निर्माण सामाग्रीको तुलनामा एएसी ब्लकबाट बनेको संरचनाहरुले ध्वनी प्रतिरोध गर्ने क्षमता अधिक राख्दछ ।
५. छिटो छरितो : ९ वटा इँटा बराबर एउटै एएसी ब्लक हुने हुँदा वाल लगाउँदा निकै छिटो हुन्छ । एएसी ब्लकलाई सजिलै काट्न र ड्रिल गर्न सकिने भएकोले यसको प्रयोगले निर्माण कार्य छिटो गर्न सकिन्छ ।
६. अग्नि प्रतिरोधक : उच्च सेलुलर निर्माण सामाग्री भएको हुँदा एएसी ब्लक इँट्टा भन्दा उच्च अग्नि प्रतिरोधक हुन्छ ।
७. वातावरणमैत्री : एएसी ब्लक उत्पादन गर्ने क्रममा औषतमा ३० प्रतिशत वातावरणीय वेस्ट, ५० प्रतिशत हरितगृह विकिरणमा कमी र ६० प्रतिशतभन्दा बढी एकीकृत उर्जाको बचत हुन्छ ।
८. ओस प्रतिरोधक : एएसी ब्लकले निर्माण गरेको संरचना ओस प्रतिरोधी हुन्छन् । बाहिरको चिसो भित्तोबाट भित्र पस्न सक्दैन ।
९. निर्माण सामाग्री र समयको बचत : चलनचल्तीको इँटाभन्दा ठूलो तथा एकैनासको हुने भएकोले यसको जोडाइ गर्ने कामको गति परम्परागत निर्माण भन्दा छिटो र सस्तो हुन्छ । साथै, एएसी ब्लकहरु एकै नाशको हुने हुँदा जोडाइमा प्रयोग हुने मसलाको खपत ३० प्रतिशतसम्म कम हुन्छ ।
१०. दिगो निर्माण र पुनः प्रयोग : एएसी ब्लकमा कुनै पनि जैविक सामाग्री प्रयोग नभएको हुनाले यसमा किरा तथा किटाणुले असर गर्दैन साथै यो लामो समय सम्म टिकाउ हुने गर्छ ।
कहाँ कहाँ प्रयोग गर्न सकिन्छ ?
एएसी ब्लकहरु आवासीय भवन, औद्योगिक भवन, व्यापारिक भवन, कार्यालय भवन, हस्पिटल, पर्खाल, थियटर, विद्यालय, कलेज लगायत निर्माण गर्न प्रयोग गर्न सकिन्छ ।
अझै जनचेतनाको खाँचो
एएसी ब्लक प्रयोग गर्न सजिलो र सस्तो पर्ने भएपनि आमउपभोक्तालाई अझै जानकारी गराउन बाँकी रहेको लामा बताउँछन् । उनी थप्छन्, ‘हामीले उपभोक्तालाई एएसी ब्लक पनि माटोको जस्तै इँटा हो है, माटोको इँटाभन्दा बढी बलियो र किफायती हुन्छ भने सम्झाउन सजिलो हुन्छ भनेर ब्रान्डिङ एएसी इँटाबाटै गरेका हौं, ब्लक भन्ने वित्तिकै कंक्रिटकै कमसल ब्लक सम्झन्छन् ।’
एउसी ब्लकको आकार मिलेको हुनाले वाल लगाउन सजिलो हुन्छ । जडान खर्च र समयको पनि बचत हुन्छ । घर भनेको मान्छेको जीवनभरको सपना हो । त्यसैले पनि नयाँ प्रविधिको विश्वास गरिहालेर प्रयोग गर्न मान्छे हिचकिचाउँछन्